Kathmandu Press

नेकपा स्थापनाको ७५ वर्ष पूरा, एमालेले हिरक जयन्ती मनाउँदै

तत्कालीन जहाँनीया राणा शासनको विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपाको स्थापना भएको थियो।
नेकपा स्थापनाको ७५ वर्ष पूरा, एमालेले हिरक जयन्ती मनाउँदै

काठमाडौं, वैशाख १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । पार्टी स्थापना भएको दिनलाई नेकपा (एमाले)ले सोमबार देशभरि विभिन्न कार्यक्रम गरी हिरक जयन्ती मनाउँदैछ।

तत्कालीन जहाँनीया राणा शासनको विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपाको स्थापना भएको थियो।

Hardik ivf

त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई २००६ साल वैशाख १० गते आफ्नै नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना गरेका थिए।

समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा श्रेष्ठ संस्थापक महासचिव थिए । नेकपाका संस्थापकहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए। स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टी पटक पटक विभाजन र एकताको श्रृंखलाबाट गुज्रिदै आएका छन्।
 
सबैभन्दा ठूलो कम्युनिष्ट दल नेकपा एमालेले सोमबार ७५औँ स्थापना दिवसलाई हिरक जयन्तीकारुपमा मनाउँदैछ। सो अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरवबाट सम्मान गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हिरक जयन्तीका अवसरमा देशभरि पार्टीका विभिन्न तहका कमिटीहरूले सिर्जनात्मक कार्यहरू समेत गरेका छन्।

 

प्रकाशित मिति: १०:३५ बजे, सोमबार, वैशाख १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्