Kathmandu Press

कोरोना भाइरस: भेन्टिलेटर र बेड निर्माण गर्न रोनाल्डोको एक मिलियन युरो सहयोग

काठमाडौं, चैत १२  : इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध लड्न आर्थ....

कोरोना भाइरस: भेन्टिलेटर र बेड निर्माण गर्न रोनाल्डोको एक मिलियन युरो सहयोग

काठमाडौं, चैत १२  : इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध लड्न आर्थिक सहयोग गरेका छन्। रोनाल्डो र उनका एजेन्ट जोर्गे मेन्डिसले संयुक्त रुपमा कोरोनाविरुद्ध लड्न एक मिलियन युरो सहयोग गरेका हुन्। 

रोनाल्डो र मेन्डिसले कोरोनाका बिरामी उपचारका लागि भेन्टिलेटर र बेड निर्माणका साथै अन्य आवश्यक सामग्री खरिदका लागि लिस्बनको सान्टा मारिया अस्पताल र पोर्टोको सान्टो एन्टोनियो अस्पताललाई सहयोग गरेका हुन्।

चीनबाट फैलिएको कोरोनाको महामारीविरुद्ध लड्न विश्वका धेरै खेलाडीले आर्थिक सहयोग गर्दै आइरहेका छन्। बुधबार नै बार्सिलोनाका कप्तान लियोनल मेस्सी, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवलाले पनि एक मिलियन युरो सहयोग गरेका थिए। 

यसैगरी, फ्रेन्च क्लब पिएसजीले पनि १० लाख युरोप सहयोग गर्ने घोषणा गरेको छ भने जर्मन क्लब वायर्न  म्यूनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पनि १ मिलियन युरो सयहोग गर्ने घोषणा गरिसकेका छन्।

प्रकाशित मिति: १९:२० बजे, बुधबार, चैत १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्