मन्त्रिपरिषद् बैठक बस्दै
बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणकाबारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारका राजा शेख तमिम बिन हमाद अलथानी मंगलबार देखि दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।
काठमाडौं, वैशाख १० : मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारका राजा शेख तमिम बिन हमाद अलथानी मंगलबार देखि दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।
कतारका राजाले नै नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो । भ्रमणमा श्रम सम्झौतालाई नेपालले प्राथमिकतामा राखेको छ । बैठकले संघीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत सिफारिस गर्ने जनाइएको छ । त्यस्तै, बैठकले सरुवा बढुवा र अन्य नियमित निर्णयहरु समेत गर्नेछ ।
प्रकाशित मिति: ०७:५८ बजे, सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












