पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले हिरक जयन्तीमा गणतन्त्र गौरव पदकबाट सम्मान गर्ने
एमालेले राष्ट्रिय प्रतिनिधि परिषदको बैठकबाट भण्डारीलाई गणतन्त्र गौरवबाट सम्मान गर्ने निर्णय गरेको छ।
काठमाडौं, वैशाख ९ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले सम्मान गर्ने भएको छ। एमालेले पार्टीको हिरक जयन्ती महोत्सवका आवसरमा पूर्वराष्ट्रति भण्डारीलाई गणतन्त्र गौरव पदकबाट सम्मान गर्ने भएको हो।
एमालेले राष्ट्रिय प्रतिनिधि परिषदको बैठकबाट भण्डारीलाई गणतन्त्र गौरवबाट सम्मान गर्ने निर्णय गरेको छ। बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलल प्रस्तु गरेको भण्डारीलार्य सम्मान गर्ने प्रस्तावमा प्रतिनिधिहरुले सहमति जनाएका थिए।
मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लारिएको पोखरेलको प्रस्तावमा उल्लेख छ।
एमालेले सोमबार पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँदैछ।
प्रकाशित मिति: २०:११ बजे, आइतबार, वैशाख ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












