भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दै’मा
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसभाषद् आङटावा शेर्पा, डा.इन्द्रजित राई, शमशेर मियाँ, केशव दुलाल र सानु भण्डारी सहितका १० जनाले उच्च अदालतको थुना आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका हुन्।
काठमाडौं, वैशाख ९ : भुटानी शरणार्थी प्रकरणको मुद्दा सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइ पुरा नभएपछि मुद्दा ‘हेर्दाहेर्दै’ को अवस्थामा रहेको हो।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसभाषद् आङटावा शेर्पा, डा.इन्द्रजित राई, शमशेर मियाँ, केशव दुलाल र सानु भण्डारी सहितका १० जनाले उच्च अदालतको थुना आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका हुन्।
प्रकाशित मिति: १८:१५ बजे, आइतबार, वैशाख ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार