पहिचानको मुद्दा कांग्रेसले मात्र सम्बोधन गर्न सक्छ : प्रदिप पौडेल
नेता पौडेलले वैशाख १५ को निर्वाचनमा डम्बर खड्का एक्लै मैदानमा रहेकाले स्पष्ट विचार भएको कांग्रेस पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे।-1713701988.jpg)
इलाम, वैशाख ९ : नेपाली कांग्रेसका नेता एवम सांसद प्रदिप पौडेलले निर्वाचनका मुखमा गठबन्धन गरेर आउने दलहरुलाई पराजित गर्न आब्हान गरेका छन्।
आइतबार इलाम २ को उपनिर्वाचनका लागि घरदैलो अभियानमा सहभागी भएका नेता पौडेलले ०४८ यता नेकपा एमालेले एक्लै चुनाव लड्न नसकेको उल्लेख गरे। उनले किरात सभ्यता भनेको कुनै समूदायमा केद्रित नभइ नेपालको सभ्यता भएकाले सबैको अस्तित्व स्वीकार्न सक्नुपर्ने बताए।
‘संस्कृति र सभ्यता सबै व्यक्तिको मौलिकता हो। हरेक व्यक्तिले आफ्नो मौलिकता सुरक्षित राख्न पाउनुपर्छ,’ उनले भने, ‘किरात सभ्यता भनेको नेपालको सभ्यता र संस्कृती भएकाले यसका लागि कांग्रेस गम्भीर छ । सबैको अस्तित्व स्वीकारेर हिड्न कांग्रेस सँधै तयार छ।’
नेता पौडेलले वैशाख १५ को निर्वाचनमा डम्बर खड्का एक्लै मैदानमा रहेकाले स्पष्ट विचार भएको कांग्रेस पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे। सबैको पहिचान स्थापित गर्न ठूलो दल कांग्रेसले इलामबाट जित्नुपर्ने उनको भनाइ छ।
‘इलामको समस्या बुझेको, सबै समूदायको पहिचान बुझेको र दशकौंदेखि इलामेली जनताको मनमा बसेको नेता डम्बर खड्का नै हुन्,’ उनले भने, ‘उनलाई विजयी गरेर पठाउँदा संघीय ससदमा पहिलो दल रहेको कांग्रेसले पहिचानलगातका मुद्दा सम्बोधन गर्न सक्छ।’
इलामको समृद्धिमा सघाउन कांग्रेसका उम्मेदवार एक्लै नभएको उल्लेख गरेका पौडेलले डम्बर खड्कालाई सिंगो पार्टीलाई साथ दिने बताए।












