Kathmandu Press

मुख्यमन्त्रीमा सोडारीको नियुक्ति अवैध भएकाे दाबीसहित लक्ष्मण चौधरी पुगे सर्वोच्च

रिटमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरिएको छ। चौधरीले आफूलाई मूख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन्।
मुख्यमन्त्रीमा सोडारीको नियुक्ति अवैध भएकाे दाबीसहित लक्ष्मण चौधरी पुगे सर्वोच्च

काठमाडौं, वैशाख ९ : सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्ति अवैध रहेको दाबीसहित नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

रिटमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरिएको छ। चौधरीले आफूलाई मूख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन्।

Hardik ivf

रिटमा सुनुवाईका लागि सोमबारका लागि पेशी तय भएको छ । सत्ता गठबन्धनमा भएको सहमति अनुसार सोडारीलाई मुख्य मन्त्रीमा नियुक्त गरिएको थियो । चौधरीले आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने दाबी गरेका छन्।

मुख्यमन्त्रीमा सोडारीको नियुक्ती गैरसंवैधानिक भएको बताउँदै रिटमा भनिएको छ, ‘तथ्यलाई तोडरोड गरी संवैधानिक कर्तव्यको अपालना र उल्लंघन गरी नयाँ गठबन्धनका लागि समय र स्थान उपलब्ध गराउने विपक्षीहरूको बदनियत पूर्ण रहेबाट बदरयोग्य रहेको छ।’

प्रकाशित मिति: १७:५६ बजे, आइतबार, वैशाख ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्