Kathmandu Press

नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको हाे : बाबुराम भट्टराई

आइतबार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुटवल गरेको साक्षात्कार कार्यक्रममा उनले ठूलो त्याग र बलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरुकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको समेत बताए।
नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको हाे : बाबुराम भट्टराई

काठमाडाैं, वैशाख ९ : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन्।

आइतबार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुटवल गरेको साक्षात्कार कार्यक्रममा उनले ठूलो त्याग र बलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरुकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको समेत बताए।

Hardik ivf

देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरु धरासायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको र सरकारले उठाएका भ्रष्टाचारका ठूला फाईलहरुको हालसम्म कुनै टुंगाेमा पुर्‍याउन नसकेकोउहाले बताए। उनले भ्रष्टाचारका फाइल निकालेर सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको जिकिर गरे।

त्यस्तै उनले नयाँ भनिएका शक्तिहरुको उपयुक्तता नहुने भन्दै अब देशको विकासका आफ्नो पार्टीलाई नयाँ वैकल्पिक पार्टी बनाउने दृढताका साथ अगाडि बढेको जनाए। भट्टराईले आफुले पदको निम्ति कहिले पनि कसैसँग सम्झौता गरेको बताए। उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणालीमा गएमात्रै देशमा स्थायित्व सरकार आउने र विकास हुने विश्वास व्यक्त गरे। 

प्रकाशित मिति: १७:०१ बजे, आइतबार, वैशाख ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्