Kathmandu Press

भारतबाट फर्किएर क्वारेन्टाइन बसेका एक जनाको मृत्यु

पोखरा, चैत १२ : १२ दिनअघिमात्रै भारतबाट फर्किएका कास्कीको रुपा गाउँपालिकाका एक व्यक्तिको मृत्यु भएको छ।

भारतबाट फर्किएको १२ दिनपछि मंगल....

भारतबाट फर्किएर क्वारेन्टाइन बसेका एक जनाको मृत्यु
सांकेतिक

पोखरा, चैत १२ : १२ दिनअघिमात्रै भारतबाट फर्किएका कास्कीको रुपा गाउँपालिकाका एक व्यक्तिको मृत्यु भएको छ।

भारतबाट फर्किएको १२ दिनपछि मंगलबार ५० वर्षीय  विश्ववन्धु नेपालीलाई रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो। उनको बुधबार निधन भएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले जानकारी दिए।

बिहानको खाना खाएर क्वारेन्टाइनमा सुतेका नेपाली अबेरसम्म पनि नउठेपछि उपचारका लागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा मृत्यु भएको पोखरेलले बताए।

नेपालीको कलेजो र मुटुमा समस्या रहेको उनको पारिवारले जानकारी दिएको पोखरेलले बताए। नेपालीको स्वास्थ्य परीक्षणको रिपोर्ट भने आउन बाँकी छ। 

प्रकाशित मिति: १८:५० बजे, बुधबार, चैत १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्