राष्ट्रियसभामा पनि केही विधेयक दर्ता हुनुपर्छ : उपाध्यक्ष घिमिरे
आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग छलफल गर्दै उपाध्यक्ष घिमिरेले राष्ट्रियसभालाई बिजनेसविहीन हुन नदिन अब नयाँ आउने विधेयक राष्ट्रियसभामा पनि दर्ता हुनुपर्ने र यसका लागि छलफल भइरहेको बताएकी हुन्।
काठमाडाैं, वैशाख ९ : राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभामा पनि केही विधेयकहरु दर्ता हुनुपर्ने बताएकी छन्।
आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग छलफल गर्दै उपाध्यक्ष घिमिरेले राष्ट्रियसभालाई बिजनेसविहीन हुन नदिन अब नयाँ आउने विधेयक राष्ट्रियसभामा पनि दर्ता हुनुपर्ने र यसका लागि छलफल भइरहेको बताएकी हुन्।
धेरै विधेयक प्रतिनिधिसभामा मात्रै थुप्रिने अवस्था अन्त्य गर्न पनि केही विधेयक राष्ट्रियसभामार्फत अघि बढ्नुपर्ने उनले बताइन्। उनले चैत्र २८ गते पदबहाली भएसँगै पार्टीका सबै जिम्मेवारीबाट अलग भएको जानकारी दिइन्।
राष्ट्रियसभाको उपाध्यक्ष पदमा रहँदा संविधान, नियमावलीको परिधिभित्र रहेर प्रभावकारी भूमिका निर्वाह गर्ने उनले बताइन्। त्यस्तै उपाध्यक्ष घिमिरेले महिला सांसदहरु सूचनाबाट टाढा हुने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखिन्।
उनले समावेशी सहभागिताका आधारमा महिलाको हरेक विषयमा पहुँचको सुनिश्चितता हुनुपर्ने बताइन्। घिमिरेले महिला सांसदप्रति सञ्चारमाध्यमले हेर्ने दृष्टिकोणलाई पनि परिवर्तन गर्नुपर्ने सुझाव दिइन्।