मर्मतका लागि इजरायलमा रहेको न्यारोबडी जहाज भाेलि काठमाडौं ल्याइनेछ : मन्त्री तामाङ
आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा मन्त्री तामाङले निगमका पदाधिकारीले सोमबार उक्त जहाज नेपाल ल्याइने जानकारी गराएको बताएका हुन्।-1713694581.jpg)
काठमाडाैं, वैशाख ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको वायु सेवा निगमको न्यारोबडी जहाज सोमबार काठमाडौं ल्याइने जानकारी दिएका छन्।
आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा मन्त्री तामाङले निगमका पदाधिकारीले सोमबार उक्त जहाज नेपाल ल्याइने जानकारी गराएको बताएका हुन्।
आफू मन्त्रालयमा आएदेखि जहाज ग्राउन्डेड भएको विषयमा निरन्तर जानकारी लिएको उनले बताए। सम्झौताअनुसार इजरायलको कम्पनीले समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको अवस्थामा क्षतिपूर्ति दाबी गर्ने तयारी भएको पनि उनले बताए।
मन्त्री तामाङले नेपालको हवाइक्षेत्रलाई कालोसूचीबाट हटाउन निरन्तर छलफल भइरहेको बताए। उनले यस वर्षको सगरमाथा दिवस आगामी जेठ १६ गते प्रधानमन्त्रीको आतिथ्यमा सगरमाथाको फेदीमा मनाउने जानकारी दिए।
सगरमाथा दिवस मनाउन आवश्यक तयारी पनि सुरु गरिसकेको उनले बताए।












