कफी क्लब च्यारिटी फुटसलमा वाइबा ‘बी’ च्याम्पियन
प्रतियोगितामा वाखट ‘ए’लाई पेनाल्टी सुटआउटमा ५–४ हराउँदै वाइबा ‘बी’ च्याम्पियन बनेको हो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टीबाट गरिएको थियो।
ललितपुर, वैशाख ९ : दोस्रो संस्करणको कफि क्लब च्यारिटी फुटसल प्रतियोगिताको उपाधि वाइबा ‘बी’ले जितेको छ। ललितपुरको सुनाकोठीस्तिथ ओखट फुटसलमा शनिबार भएको प्रतियोगितामा वाखट ‘ए’लाई पेनाल्टी सुटआउटमा ५–४ हराउँदै वाइबा ‘बी’ च्याम्पियन बनेको हो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टीबाट गरिएको थियो।
-1713693482.jpg?timestamp=1713693485967)
उपाधिसँगै वाइबा ‘बी’ले ८ हजार रुपैयाँ र उपविजेता वाखट ‘ए’ले ५ हजार रुपैयाँ प्राप्त गरेको छ। यस्तै, वाइबा ‘बी’लाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका महेन्द्र कार्की प्लेयर अफ दी टुर्नामेन्ट भए।ललितपुर महानगरपालिका २७ का वडा सदस्य श्याम महर्जनले विजेतालाई ट्रफी र मेडल प्रदान गरेका थिए।
-1713693481.jpg?timestamp=1713693498825)
समापन कार्यक्रम संस्थाका अध्यक्ष प्रेमकुमार राईको सभापतित्वमा भएको थियो। ललितपुर महानगरपालिका वडा नं. १४ का अध्यक्ष अमृतजंग महतको प्रमुख अतिथ्यमा भएको उद्घाटन कार्यक्रममा महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक दीलबहादुर मल्ल विशेष अतिथि थिए।
-1713693480.jpg?timestamp=1713693508231)
गैरनाफामूलक संस्था कफी क्लबले आयोजना गरेको प्रतियोगितामा २० टिम सहभागी रहेको आयोजक संस्थाका सचिव सुरेश राईले बताए। प्रतियोगिताबाट उठेको रकम त्रिभुवन विश्वविद्यालयको भूगोल विभागमा अध्ययनरत छात्रालाई शैक्षिक शोधपत्र निर्माण गर्न गरिएको उनले जानकारी दिए।
-1713693480.jpg?timestamp=1713693517684)
-1713693482.jpg?timestamp=1713693517684)
-1713693480.jpg?timestamp=1713693517684)
-1713693480.jpg?timestamp=1713693517684)












