लोकतान्त्रिक भित्तोमा पनि आए सुझाव
शनिबार सुरू भएकाे परिषद् बैठकमाअध्यक्ष ओलीको राजानीतिक प्रतिवेदनका साथै महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनमाथि छलफल भइरहेकाे छ।
लतिलपुर, वैशाख ९ : लतिलपुरको गोदावारीस्थित सनराइज हलमा नेकपा एमालेकाे महाधिवेशन प्रतिनिधि परिषद् बैठक जारी छ।
शनिबार सुरू भएकाे परिषद् बैठकमा अध्यक्ष ओलीको राजानीतिक प्रतिवेदनका साथै महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनमाथि छलफल भइरहेकाे छ।
दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी परिषद् बैठकमा एमालेले समूहगत छलफलका साथै व्यक्तिगत र लिखित रुपमा थप विचार/सुझाव दिन चाहने प्रतिनिधिका लागि लोकतान्त्रिक भित्तोको व्यवस्था गरेको छ।
सो पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार खुलस्त रुपमा उक्त भित्तोमा पनि लिखित सुझाव आएकाले त्यसलाई अध्ययन गरी नेतृत्वले आवश्यकताका आधारमा प्रतिवेदनमा समावेश गर्नेछ।
इलाम र बझाङमा यही वैशाख १५ गते उपनिर्वाचन भएकाले त्यस क्षेत्रका प्रतिनिधि भने कम उपस्थिति भएको जनाइएको छ।
प्रकाशित मिति: १४:५१ बजे, आइतबार, वैशाख ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












