Kathmandu Press

‘नेपालमा लगानी भित्र्याउन आवश्यक वातावरण बनाउन कानुनी सुधार भइरहेको छ’

प्रविधि र प्रणालीहरुको सुरक्षित र जवाफदेही प्रयोगका लागि आवश्यक कानुननहरु निर्माणलाई तीव्रता दिइएको उनले बताइन्।
‘नेपालमा लगानी भित्र्याउन आवश्यक वातावरण बनाउन कानुनी सुधार भइरहेको छ’

काठमाडाैं, वैशाख ९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा लगानी भित्र्याउन आवश्यक वातावरण बनाउन कानूनी सुधार भइरहेको बताएका छन्।

आइतबार सिंहदरबारमा विभिन्न देशका प्रतिनिधिहरुसंग अन्तराष्ट्रिय सञ्चार तथा सूचना प्रविधिको विषयमा छलफल गर्दै मन्त्री शर्माले वैशाख १६ र १७ गने हुने लगानी सम्मेलनका क्रममा विदेशी लगानीकर्ताका साथै स्वदेशी लगानीकर्तालाई समेत एकै ठाउँ राखेर छलफल गरिने भन्दै सहज रुपमा लगानी गर्न आश्वयक कानुनी सुधार भइरहेको बताएकी हुन्।

Hardik ivf

उनले सूचना प्रविधिको क्षेत्रमा लगानी भित्राउन र आफ्ना संस्थाहरुमार्फत नेपालमा लगानीको पहल गर्न आह्वान गर्दै सरकार लगानीका लागि सहजीकरण गर्न र विश्वासको वातावरण तयार गर्न प्रतिबद्ध रहेको धारणा राखे। प्रविधि र प्रणालीहरुको सुरक्षित र जवाफदेही प्रयोगका लागि आवश्यक कानुननहरु निर्माणलाई तीव्रता दिइएको उनले बताइन्।

उनले स्वदेशमा प्रविधिमैत्री संरचना र दक्ष जनशक्ति व्यवस्था गर्न सके आर्थिक समृद्धि हासिल गर्न सहज हुने जिकिर गरिन्। आगामी वर्षको नीति तथा कार्यक्रमका साथै बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने उनको भनाइ छ । उनले मन्त्रालयले डिजिटल नेपालको फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने उदेश्यका साथ यसको समसामायिक परिमार्जनको काम अघि बढाएको जानकारी पनि दिइन्।

मन्त्री शर्माले नेपाल सरकारले सेवा प्रवाहमा सूचना प्रवाहमा प्रविधिलाई महत्वका साथ राख्दै आएको र सार्वजनिक सेवामा विधुतीय प्रणालीको उपयोगमा बढोतरी भएको पनि बताइन्।

प्रकाशित मिति: १४:१७ बजे, आइतबार, वैशाख ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्