Kathmandu Press

दुई मन्त्रालय नपाएको भन्दै जसपाले फिर्ता बोलाएपछि मन्त्री अहिरले दिए राजीनामा

आफूहरुलाई दुई मन्त्रालय दिने पूर्वसहमति कार्यान्वयन नभएको भन्दै जसपाले सरकारमा नबस्ने निर्णय गरेको हो। पार्टीको निर्देशनबमोजिम अहिरले शनिबार नै राजीनामा राजीनामा बुझाएकाे बताइएकाे छ।
दुई मन्त्रालय नपाएको भन्दै जसपाले फिर्ता बोलाएपछि मन्त्री अहिरले दिए राजीनामा

काठमाडाैं, वैशाख ८ : दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ। पार्टीले फिर्ता बोलाएपछि मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन्।

आफूहरुलाई दुई मन्त्रालय दिने पूर्वसहमति कार्यान्वयन नभएको भन्दै जसपाले सरकारमा नबस्ने निर्णय गरेको हो। पार्टीको निर्देशनबमोजिम अहिरले शनिबार नै राजीनामा राजीनामा बुझाएकाे बताइएकाे छ।

Hardik ivf

माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा समेटिएका अहिरले ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार हुँदा कृषिमन्त्रीको जिम्मेवारी पाएका थिए।

सरकार गठनका क्रममा सरकारलाई समर्थन गरेका दलबीच भएको सझौताअनुसार जसपालाई सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सझौता भएको थियो। 

प्रदेशसभामा तीनजना सदस्य भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको जनाएको छ। 

प्रकाशित मिति: १३:३१ बजे, आइतबार, वैशाख ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्