Kathmandu Press

विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै अवस्थामा अमेरिकाको पिआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको आरोप पनि विकलमाथि लागेकाे छ।
विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
Hardik ivf

काठमाडौं, वैशाख ९ : आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेकाे छ।

सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै अवस्थामा अमेरिकाको पिआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको आरोप पनि विकलमाथि लागेकाे छ।

गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा उनी पक्राउ परेका थिए। विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले उनीमाथि अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १३:१२ बजे, आइतबार, वैशाख ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्