Kathmandu Press

प्रज्ञा–प्रतिष्ठानको रैथाने ज्ञान उत्सव

प्रज्ञा–प्रतिष्ठानका गतिविधिलाई विभिन्न भाषाभाषी, जाति र संस्कृतिसम्म पुर्‍याउने योजनाअन्तर्गत चितवनबाट कार्यक्रम सुरु गरिएको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले बताए। 
प्रज्ञा–प्रतिष्ठानको रैथाने ज्ञान उत्सव

काठमाडौं, वैशाख ७ : नेपाल प्रज्ञा–प्रतिष्ठानले रैथाने ज्ञान उत्सव शृङ्खला सुरु गरेको छ। प्रतिष्ठानको संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास विभागको आयोजनामा शुक्रबार र शनिबार चितवनको भरतपुरमा विभिन्न दुई कार्यक्रम सम्पन्न भएका छन्। 

कुमाल सेवा समाज चितवनको स्थानीय संयोजनमा आयोजित ‘कुमाल जातिको सांस्कृतिक सम्वाद्’ तथा थारू कल्याणकारिणीसभा जिल्ला कार्यसमिति चितवनको स्थानीय संयोजनमा आयोजित ‘थारू जातिको सांस्कृतिक सम्वाद्’को उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति भूपाल राईले शृङ्खलाको शुभारम्भ गरेका हुन्। विभिन्न जाति र परम्परामा भएको रैथाने ज्ञानलाई प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको उनले बताए। 

Hardik ivf

लिखित इतिहास नभएका सीमान्तकृत जातिभित्रको ज्ञानलाई मौखिक माध्यमबाट अभिव्यक्त हुने गरी प्रज्ञा–प्रतिष्ठानले सहजीकरण गर्ने उनको भनाइ थियो। प्रज्ञा–प्रतिष्ठानका गतिविधिलाई विभिन्न भाषाभाषी, जाति र संस्कृतिसम्म पुर्‍याउने योजनाअन्तर्गत चितवनबाट कार्यक्रम सुरु गरिएको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले बताए। 

कुमाल सेवा समाजका केन्द्रीय अध्यक्ष विशाल कुमालको अध्यक्षतामा भएको कार्यक्रममा तिलकबहादुर कुमालले उक्त जातिको भाषा तथा संस्कृतिका विषयमा प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल गरिएको थियो। साथै सो अवसरमा कुमाल जातिको भाषा र संस्कृतिको सम्वद्र्धनका लागि आगामी दिनमा गर्न सकिने विषयमा समूह छलफलसमेत गरिएको थियो। 

प्राज्ञ सभा सदस्य डा बालाकृष्ण अधिकारीले सहजीकरण गर्नुभएको उक्त समूह छलफलमा बहस गर्दै कुमाल सेवा समाजका केन्द्रीय अध्यक्ष विशाल लामा, भरतपुर महानगरपालिका–२८ का वडा सदस्य शेरबहादुर कुमाल तथा साहित्यकार भूपिन खड्काले जनप्रतिनिधि, जातीय समुदायका अगुवा र बौद्धिक वर्गले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरे।

त्यस्तै थारू कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनका अध्यक्ष ललितकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अनुसन्धाता डी आर पोखरेलले प्रस्तुत गरेको ‘चितवनका थारू जातिको सांस्कृतिक सम्पदा : संरक्षण र परिष्कारको आवश्यकता’ विषयक कार्यपत्रमाथि छलफल गरिएको थियो। 

आयोजित समूह छलफलमा राजनीतिशास्त्री डा सञ्जय चौधरी, अनुसन्धाता सत्यनारायण चौधरी, अधिवक्ता सञ्जय चौधरी र कवि तथा समालोचक रमेश प्रभातले बहस गरेका थिए।

प्रकाशित मिति: १२:५७ बजे, आइतबार, वैशाख ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्