Kathmandu Press

एमाले स्याङ्जाको असन्तुष्टि छताछुल्ल, हरिनास गापा अध्यक्ष मानन्धरद्वारा राजीनामा घोषणा 

एमालेका तर्फबाट दुई पटकसम्म पालिका अध्यक्ष बनेका मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै एमाले नेतृत्वमा चरम असन्तुष्टि जनाउदै पार्टीको गाउँ कमिटी अध्यक्ष र हरिनाश गाँउपालिका अध्यक्षवाट समेत राजीनामाको घोषणा गरेका हुन्। 
एमाले स्याङ्जाको असन्तुष्टि छताछुल्ल, हरिनास गापा अध्यक्ष मानन्धरद्वारा राजीनामा घोषणा 

स्याङ्जा, वैशाख ९ : नेकपा एमालेका तर्फबाट हरिनाश गाउँपालिका अध्यक्षमा निर्वाचित खिमनारायण मानन्धरले एमाले पार्टी परित्याग गर्दै पालिका अध्यक्षबाट राजीनामाको घोषणा गरेका छन्। 

एमालेका तर्फबाट दुई पटकसम्म पालिका अध्यक्ष बनेका मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै एमाले नेतृत्वमा चरम असन्तुष्टि जनाउदै पार्टीको गाउँ कमिटी अध्यक्ष र हरिनाश गाँउपालिका अध्यक्षवाट समेत राजीनामाको घोषणा गरेका हुन्। 

Hardik ivf

उनले एमालेका जिल्ला स्तरीय नेताको नाम नै तोकेर ९ औं जिल्ला कमिटीमा लोकप्रियलाई पाखा लगाएर आासेपासेलाई खल्तीबाट लिष्ट निकालेर नेतृत्व चयन गरेको, पटक पटक जनतावाट हारेकालाई नेतृत्वमा पुर्‍याएको भन्दै पार्टी र पार्टी सम्वद्ध कुनैपनि पदमा नरहेको र सदस्यता समेत नरहने घोषणा गरेका हुन्। यसले नेकपा एमालेको जिल्ला कमिटी स्याङ्जामा भएको विवादलाई समेत उजागर गरेको छ। 

मानन्धर यसअघि पालिका पालिका अध्यक्ष रहँदा पनि पटक–पटक विवादमा तानिएका थिए। उनले आफू निकटका वडाहरुमा मात्र बजेट निकासा गर्ने, व्यक्तिगत डोजरको प्रयोग गरेर राज्यको पैसा दोहन गर्ने र प्रहरीमाथि हातपातको प्रयास लगायतका काण्डले मानन्धर विवादित रहँदै आएका थिए।

जनताको समस्याहरुको समाधानका लागि जनप्रतिनिधिका रुपमा पालिका अध्यक्ष बनेका मानन्धर केहि दिनयता कार्यालय नगएको र राजीनामा घोषणा गरेकाले जनताका दैनिकी काममाज प्रभावित बनेका छन्। 

आन्तरिक पाटीको असन्तुष्टीले आम जनताहरुले सास्ती पाउन नहुने स्थानीयहरुको भनाई छ। यद्यपि, मानन्धरले राजीनामाको स्टाट्स अहिले भने डिलेट गरेका छन्। यस बिषयमा उनीसँग सम्पर्क गर्न सम्पर्क हुन सकेन।

प्रकाशित मिति: १२:४० बजे, आइतबार, वैशाख ९, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्