Kathmandu Press

पूर्व-पश्चिम राजमार्ग ४ लेन बनाउन सडकछेउका रुख कटान अन्तिम चरणमा

झापाको काँकडभिट्टाबाट लौकही सम्मको सडक विस्तारका लागि राइट अफ वे अन्तर्गत परेका रुखहरु काटिएको हो।
पूर्व-पश्चिम राजमार्ग ४ लेन बनाउन सडकछेउका रुख कटान अन्तिम चरणमा

माेरङ, वैशाख ९ : पूर्व-पश्चिम राजमार्गलाई एसियाली सडकका रुपमा विस्तार गर्न २ लेन बाट ४ लेन बनाउने क्रममा सडक छेउका रुख काट्ने कार्य अन्तिम चरणमा पुगेको छ।

झापाको काँकडभिट्टाबाट लौकही सम्मको सडक विस्तारका लागि राइट अफ वे अन्तर्गत परेका रुखहरु काटिएको हो।

Hardik ivf

सडक विभाग, वन कार्यालयका कर्मचारी, ठेकेदार प्रतिनिधिहरुको रोहबरमा रुख काटेर दाउरा र गोलिया छुट्याई घाटगद्दी गर्ने गरिएको कानेपोखरी सब डिभिजन वन कार्यालयका वन रक्षक लाल बहादुर मगरले जानकारी दिए।

उनले चिसाङ पुल देखि डाँसखोला सम्मको करिब ५ हजार ५३ वटा रुखहरु विगत २ महिना देखि काट्न थालिएको र केही दिनमा रुख काट्ने काम सम्पन्न हुने बताए।

वन क्षेत्रमा राइट अफ वे २५ मिटर बाट साढे १७ मिटर कायम गरिएपछि काट्नुपर्ने रुखहरुको संख्या घटेको छ।

विभिन्न सामुदायिक वन र राष्ट्रिय वन अन्तर्गत रहेका रुखहरु सामुदायिक वनको कि स्थानीय पालिकाको स्वामित्वमा रहने विवाद रहेकोमा अहिले रुखहरु काटेर वन कार्यालयमा घाट गद्दी गर्ने कार्य भईरहेको हो।

मोरङमा करिब २६ किलोमिटर सडकको स्तरोन्नति गर्नका लागि साइट क्लियर गर्ने कार्य भइरहेको छ।

प्रकाशित मिति: १२:३१ बजे, आइतबार, वैशाख ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्