Kathmandu Press

एमाले परिषद् बैठकमा समूहगत छलफल सुरु

लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल सुरु भएको हो।
एमाले परिषद् बैठकमा समूहगत छलफल सुरु

काठमाडौं, वैशाख ९ : नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरु भएको छ।

लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल सुरु भएको हो। ती प्रतिवेदनमाथि आज छ वटा समूहमा छलफल भइरहेको छ।

Hardik ivf

परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि पनि एकैसाथ छलफल सुरु भएको बताइएको छ।

 

प्रकाशित मिति: ११:५८ बजे, आइतबार, वैशाख ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्