Kathmandu Press

चेल्सीलाई हराउँदै म्यान्चेस्टर सिटी एफए कपको फाइनलमा

शनिबार राति वेम्बलीमा भएको खेलमा बर्नार्डो सिल्भाको निर्णायक गोलमा चेल्सीलाई १–० ले हराउँदै सिटी लगातार दोस्रो पटा एफए कपको फाइनलमा प्रवेश गरेको हो।
चेल्सीलाई हराउँदै म्यान्चेस्टर सिटी एफए कपको फाइनलमा

काडमाडाैं, वैशाख ९ : डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ।

शनिबार राति वेम्बलीमा भएको खेलमा बर्नार्डो सिल्भाको निर्णायक गोलमा चेल्सीलाई १–० ले हराउँदै सिटी लगातार दोस्रो पटा एफए कपको फाइनलमा प्रवेश गरेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको पनि अन्त्यतिर सिल्भाले गोल गरेका थिए।

८४औं केभिन डे ब्रुयनाको क्रस चेल्सीका किपरमा डिफ्लेक्ट हुँदै आएको बलमा सिल्भाले गोल गरेका हुन्।

सिटीले अब उपाधिका लागि म्यानचेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीचको विजेतासँग मे २५मा खेल्नेछ ।

प्रकाशित मिति: ११:०९ बजे, आइतबार, वैशाख ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्