गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खस्यो
हिमपहिरो खस्दा तालमा खस्दा पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको बताइएको छ। बाढीले साम्दु र सामागाउँ जोड्ने पुल बाढीले बगाएको प्रहरीले जनाएको छ।
गोरखा, वैशाख ९ : गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ।
हिमपहिरो खस्दा तालमा खस्दा पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको बताइएको छ। बाढीले साम्दु र सामागाउँ जोड्ने पुल बाढीले बगाएको प्रहरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले बाढीले क्षति पुर्याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको बताएका छन्।
बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रजिअ दाहालले बताए।
प्रकाशित मिति: १०:३५ बजे, आइतबार, वैशाख ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार