Kathmandu Press

‘कम्युनिष्ट पार्टी सत्ता केन्द्रित भए, उनीहरुको मुखमा सत्ता र सत्तामात्रै छ’

उनले राष्ट्रिय स्वतन्त्रताको आचरण र व्यवहारमा जसले उल्लंघन गर्छ त्यसलाई संघीय कानुन बमोजिम दण्डीत गर्ने भनेको भए तापनि प्रधानमन्त्रीले त्यो कानुन किन ल्याउन नसकेको भन्दै प्रश्न गरे।
‘कम्युनिष्ट पार्टी सत्ता केन्द्रित भए, उनीहरुको मुखमा सत्ता र सत्तामात्रै छ’
फाइल तस्बिर।

काठमाडौं, वैशाख ८ : एमाले नेता भीमबहादुर रावलले देशका कम्युनिष्ट पार्टीहरू सत्ता केन्द्रित मात्रै भएको टिप्पणी गरेका छन्। उनले दुई तिहाईको कम्युनिस्ट सरकार बनेपनि सत्ताकै खेलले त्यसले कुनै उपलब्धि दिन नसकेको बताए।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले कम्युनिष्ट पार्टीहरु सत्ता केन्द्रित मात्रै भइरहँदा संविधानमा उल्लिखित समाजवादउन्मुख प्रणालीको रुपरेखा समेत नदिएको बताए।

Hardik ivf

‘कतिपय कम्युनिष्ट पार्टीहरुले देशको स्वाधीनताको रक्षा गर्ने भन्ने आज के भएको छ ? दुई तिहाइको सरकार बने, कम्युनिष्ट पार्टी बने, यत्रो छलफल २४ औं घण्टा बाह्रैमास सत्ता सत्ता सत्ता । बुद्धचित्तको माला जस्तै त्यो बाहेक खै छलफल ?,’ उनले भने, ‘समाजवादी व्यवस्था ल्याउन कुनै पहल व्यवस्था गर्न त पर जाओस्, नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख प्रणालीको रुप रेखा समेत नदिने?’

उनले राष्ट्रिय स्वतन्त्रताको आचरण र व्यवहारमा जसले उल्लंघन गर्छ त्यसलाई संघीय कानुन बमोजिम दण्डीत गर्ने भनेको भए तापनि प्रधानमन्त्रीले त्यो कानुन किन ल्याउन नसकेको भन्दै प्रश्न गरे।

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन नै बनाउन नसकेको र दलहरुको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको पनि उनले बताए। काम गर्न नसक्नेलाई पत्याउने आधार कमजोर बनेको उनको जिकिर छ।

नेता राववले वामपन्थी दलहरुमा सत्तालिप्सा नघट्दा काम गराइ इमानदार हुन नसकेको उनले बताए। दलहरूले आफूलाई कम्युनिष्ट भनिरहँदा कम्युनिष्ट जसरी साख जोगाउने काम गर्न नसकेको उनले बताए।

प्रकाशित मिति: २०:५२ बजे, शनिबार, वैशाख ८, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्