Kathmandu Press

काेसीमा पहिचानवादीको मुद्दामा कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नेछ : महामन्त्री शर्मा

इलाममा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतकाे अनुभवले चुनावअघिको गठबन्धन गलत हुने देखाएकाले कांग्रेस एक्लै चुनावी मैदानमा उभिएकाे उनले बताए।
काेसीमा पहिचानवादीको मुद्दामा कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नेछ : महामन्त्री शर्मा

काठमाडौं, वैशाख ८ : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनअघिको गठबन्धन गलत हुने बताएका छन् ।

इलाममा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतकाे अनुभवले चुनावअघिको गठबन्धन गलत हुने देखाएकाले कांग्रेस एक्लै चुनावी मैदानमा उभिएकाे उनले बताए। ‘अहिले नेपाली कांग्रेस एक्लै चुनावमा रुख चिह्न लिएर खडा छ,' उनले भने।

Hardik ivf

लामो समयसम्म एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित गराएकाे इलाम २ ले अब काँध फेर्न खोजेको महामन्त्री उनले बताए। ‘अब सुवास नेम्वाङज्यूको युगबाट नयाँ युगमा जाँदै गर्दा एउटा बलियो काँध लिएर हिजो सुवास नेम्वाङसँग केवल ११४ मात्रै मतले उपविजेता भएको उम्मेदवार अब दुई हजार बढी मतले जितेर उहाँका कामलाई पूरा गर्ने संकल्प गर्नुहुनेछ,’ उनले भने।

उनले काेसीका पहिचानवादीको मुद्दामा पनि नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्ने बताए। ‘गुरुले मलाई पहिचानको मुद्दामा केही बोल्नुस् भनिसकेपछि मैले १४ वटै कोशी प्रदेशभरका सभापतिहरूलाई यहीँ बैठक बोलाएर एक नम्बर प्रदेशको नामावली सम्बन्धी पुनर्विचार गरियोस् र नेपाली काँग्रेसले पहिचानवादी मुद्दा बोकेका साथीहरूको पनि सम्बोधन गरोस्, भनेर प्रेस विज्ञप्ति काठमाडौँमा लगेर लिखित दिएको छु। पहिचानवादीको मुद्दामा पनि नेपाली काँग्रेसले पूर्ण रूपमा सहयोग गर्नेछ ।’

प्रकाशित मिति: १८:०४ बजे, शनिबार, वैशाख ८, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्