Kathmandu Press

‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८०’ बाट डा. परियार पुरस्कृत

मानव अधिकार एवं सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्‍याएको भन्दै मानवअधिकार तथा शान्ति समाजले आज उनलाई एक लाख १० हजार राशिबाट पुरस्कृत गरेकाे हो।
‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८०’ बाट डा. परियार पुरस्कृत

काठमाडौं, वैशाख ८ : ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ बाट अधिकारकर्मी डा. विष्णुमाया परियार पुरस्कृत भएकी छन्। 

मानव अधिकार एवं सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्‍याएको भन्दै मानवअधिकार तथा शान्ति समाजले आज उनलाई एक लाख १० हजार राशिबाट पुरस्कृत गरेकाे हो। २५ वर्ष भन्दा बढी अधिकारको आन्दोलनमा योगदान दिनुभएकी डा परियार राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा सम्मानित तथा पुरस्कृत भइसकेकी छन्। उनले यो पुरस्कार एकदमै विशेष रहेको बताइन्।

Hardik ivf

उनले भनिन्, 'धेरै अन्तर्राष्ट्रियस्तरबाट सम्मानित भएँ तर मातृभूमिले दिएको यो पुरस्कार विशेष छ,' यो ठाउँसम्म आइपुग्न बुवाको योगदानको चर्चा गर्दै उनले भने, 'दलित भनेर विभेद गरिन्थ्यो। बुवाले विभेदका विरुद्ध लड्न सिकाउनुभयो। हरेक बुवाले छोरीलाई समानता र स्वतन्त्रता दिए सफलता प्राप्त गर्न सक्नेछन्।” 

गोरखामा जन्मेकी ५१ वर्षीया डा परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागद्वारा कक्षा–७ को पाठ्यक्रममा सङ्लग्न छ।  अधिकारका क्षेत्रमा क्रियाशील संस्था एशोसिएशन फर दलित वुमन्स एड्भान्समेन्ट अफ नेपाल (एड्वान) का संस्थापक अध्यक्ष डा परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन्।

म्यानर कलेजले सन् २०१३ मा मानार्थ डिलिट (डक्टर अफ लेटर्स) ले सम्मान गरेको थियो। डा. परियारका दुई वटा कृति प्रकाशित छन्। मानवअधिकार तथा शान्ति समाजद्वारा समाजसेवा सामाजिक न्यायको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्न विसं २०७६ मा यो पुरस्कारको स्थापना गरिएको हो।  

प्रकाशित मिति: १७:५२ बजे, शनिबार, वैशाख ८, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्