Kathmandu Press

गठबन्धनभित्र अरुले निर्णय गरेर पालन गर्न निर्देशन दिने कुरा स्वीकार्य हुन्न : अध्यक्ष नेपाल

शनिबार काठमाडौंमा पार्टीको कोशी सम्पर्क कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको मानसम्मान र भूमिकालाई वास्ता गरे गठबन्धनमा सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको भन्दै अरुले निर्णय गरेर आफुलाई मान्न बाध्य बनाउने कुरा स्वीकार्य नहुने बताए।
गठबन्धनभित्र अरुले निर्णय गरेर पालन गर्न निर्देशन दिने कुरा स्वीकार्य हुन्न : अध्यक्ष नेपाल

काठमाडाैं, चैत ८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनभित्र अरुले निर्णय गरेर पालन गर्न निर्देशन दिने कुरा स्वीकार्य नरहेको बताएका छन्।

शनिबार काठमाडौंमा पार्टीको कोशी सम्पर्क कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको मानसम्मान र भूमिकालाई वास्ता गरे गठबन्धनमा सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको भन्दै अरुले निर्णय गरेर आफुलाई मान्न बाध्य बनाउने कुरा स्वीकार्य नहुने बताए।

Hardik ivf

उनले सम्मानजनक ढंगबाट अघि बढ्न चाहने धारणा राखे। राप्रपाको मतबाट चूनाव जितेर ठूला कुरा गर्न कसैले नमिल्ने उनको भनाइ छ।

अध्यक्ष नेपालले सूदुरपश्चिमको संकट टार्नका लागि आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नहुने अवस्थामा प्रधानमन्त्रीले सकारात्मक भूमिका खेलेर सहमतिको अवस्थामा ल्याएको भन्दै प्रचण्डलाई धन्यवाद दिए। उनले लुम्विनी र वागमतीमा पनि विना बिभागीय मन्त्री दिएको भन्दै आपत्ति जनाए।

उनले छोटो अवधिमा तीन पटक गठबन्धन परिवर्तन भएको भन्दै अर्को गठबन्धन केही बन्छ भन्न नसकिने तर्क गरे। वर्तमान गठबन्धनलाई लामो समयसम्म टिकाउन सबैको भूमिका सकारात्मक हुनुपर्ने उनले बताए।

 

प्रकाशित मिति: १७:३७ बजे, शनिबार, वैशाख ८, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्