Kathmandu Press

देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित : भीम रावल

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले संविधानको कार्यान्वयनका लागि आवश्यक कानून नै बनाउन नसकेको र दलहरुको ध्यान सत्तामा मात्रै केन्द्रीत रहेको बताएका हुन्।
देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित : भीम रावल

काठमाडाैं, वैशाख ८ : पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरुको ध्यान सत्तामा मात्रै केन्द्रीत रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले संविधानको कार्यान्वयनका लागि आवश्यक कानून नै बनाउन नसकेको र दलहरुको ध्यान सत्तामा मात्रै केन्द्रीत रहेको बताएका हुन्।

उनले कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा पनि नेपालको संविधानमा उल्लेखीत समाजवाद उन्मुख प्रणालीको रुपरेखा समेत ल्याउन नसकेको जिकिर गरे।

त्यस्तै संविधानमा राष्ट्रिय स्वतन्त्रताको व्याख्या गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन समेत कानून बनाउन नसकेको उनले बताए। उनले अवस्थामा कम्युनिस्ट पार्टीको नेतृत्व गर्नेले कम्युनिस्ट विरोधीहरुसंग साँठगाँठ गर्दैन भनेर परिकल्पना गर्ने स्थीति नै नवनेको धारणा राखे।

देश र जनताको गम्भीर समस्याका बारेमा परामर्श नगर्ने तर प्रतिक्रियाबादी भनिएकाहरुसंग राज्यबाट लाभ र सुविधा भागवण्डा गर्न सक्रिय रहेर अवसरबादी क्रियाकलाप देखिएको उनले बताए।

प्रकाशित मिति: १७:११ बजे, शनिबार, वैशाख ८, २०८१