Kathmandu Press

गोविन्द भट्टराईको प्रश्न : म त चुनाव हारे पनि काम गरिरहेछु, जित्ने मान्छे खै?

‘मैले पानी ल्याइदिन्छु भनेको थिएँ। अहिलेको बजेटमा खानेपानीको योजनामा वृहत कोटा १८लाख विनियोजन गराइदिएको छु। चाहिने अरु पैसा दिलाउने बाचा गर्न चाहन्छु।’
गोविन्द भट्टराईको प्रश्न : म त चुनाव हारे पनि काम गरिरहेछु, जित्ने मान्छे खै?

देवघाट (तनहुँ), वैशाख ८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले चुनाव हारे पनि आफूले चुनावमा बोलेका वाचा पूरा गर्ने अभियानमा आफू सक्रिय रहेको बताएका छन्।

देवघाट-१ कोटामा सिर्जनशील युवा क्लबद्वारा आयोजित भलिबल प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै उनले भने, ‘मैले पानी ल्याइदिन्छु भनेको थिएँ। अहिलेको बजेटमा खानेपानीको योजनामा वृहत कोटा १८लाख विनियोजन गराइदिएको छु। चाहिने अरु पैसा दिलाउने बाचा गर्न चाहन्छु।’

Hardik ivf

'देवघाटलाई दक्षिण भेगको केन्द्र बनाउँछु'

आफूलाई हरेक दिदीबहिनीको भान्सामा पानी पुग्नुपर्छ भनेर लागेको बताउँदै उनले आफ्नो सक्रियतामा तनहुँका ५९ खानेपानी योजना बनेको उल्लेख गरे। ‘चुनाव हारे पनि तनहुँमा २० ओटा खानेपानीका नयाँ योजना पार्न पहल गरेको छु,’ देवघाटमासमेत त्यस्ता योजनाहरु परेको उल्लेख गर्दै उनले थपे, ‘५८ करोडको शालिग्राम करिडोरको ठेक्का पनि हाम्रै पहलमा लागेको छ।’

देवघाटमा अरु विकासका योजना ल्याउनसमेत प्रयास गरिरहेको बताएका भट्टराईले भने,‘म यस ठाउँलाई दक्षिण भेगको विकासको केन्द्र बनाउन चाहन्छु।’

'जितेका सांसदको चासो खै?'

आफूलाई काम गर्न पद र सरकार नचाहिने तर्क गर्दै उनले भने, ‘म यही ठाउँको हो। मलाई काम गर्न हाम्रो सरकार पनि चाहिन्न। तर गोरु बेचेकै साइनो छैन भन्ने जितेका व्यक्ति कता हिँड्नुभएको छ?’

तनहुँ १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै उनले थपे, ‘उहाँलाई यहाँको विकासको चासो पनि छैन। उहाँहरुको चासो साना ठेलागाडा चलाउने, दुध बेचेर संकलन गरेको पैसा ६ सहकारीबाट ३ खर्ब हिनामिना गरेका ठग्ने मान्छेको संरक्षणमा छ।’

प्रकाशित मिति: १७:०३ बजे, शनिबार, वैशाख ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्