Kathmandu Press

महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउन ‘काठमाडौँ पिंक केयरएथन’

लेजर पोर्ट नेपाल प्रालि र नेपाल प्रहरी श्रीमती संघको आयोजनामा भएको पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बालगायत विभिन्न कार्यक्रम आयोजना गरिएको थियो।
महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउन ‘काठमाडौँ पिंक केयरएथन’

काठमाडाैं, वैशाख ८ : महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले काठमाडौंमा ‘काठमाडौँ पिंक केयरएथन’ आयोजना गरिएको छ।

लेजर पोर्ट नेपाल प्रालि र नेपाल प्रहरी श्रीमती संघको आयोजनामा भएको पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बालगायत विभिन्न कार्यक्रम आयोजना गरिएको थियो।

Hardik ivf

कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दुरी तय गरिएको थियो भने बिजेताहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

सधैँ घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्ने उद्देश्यका साथ पिंक केयरएथन आयोजना गरिएको आयोजकले जनाएको छ।

काठमाडौँ पिंक केयरएथनको यस संस्करणलाई भारतका चर्चित टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशालीले संचालन गरेका थिए भने काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल समेत सहभागी भएकी थिइन्।

लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तिन वर्ष काठमाडौँ पिंकाथन आयोजना गरेको थियो। त्यसपछि कोभिड महामारी र अन्य सामाजिक आर्थिक कारणले रोकिएको इभेन्टलाई यस वर्ष पुनरागमन गरिएको हो।

प्रकाशित मिति: १६:०० बजे, शनिबार, वैशाख ८, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्