Kathmandu Press

यो सरकार आउँदो माघसम्म पनि टिक्दैन : गगन थापा

‘चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो, मतदाताको अवमूल्यन हो,’ महामन्त्री थापाले भने, 'त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आयाे।' 
यो सरकार आउँदो माघसम्म पनि टिक्दैन : गगन थापा

काठमाडौं, वैशाख ८ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन आउने माघसम्म पनि नटिक्ने दाबी गरेका छन् ।

इलाममा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘म कसम खाएर भन्दिनँ तर दाबी गरेर इलामेली जनताको अघि भन्न सक्छु, २०८१ वैशाख ८ गते हो आज। अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु,’ उनले भने।

Hardik ivf

महामन्त्री थापाले चुनावअघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको उनले बताए। चुनावअघिको गठबन्धनलाई बेइमानीकाे संज्ञा दिँदै उनले अब त्यसलाई त्याग्नुपर्नेमा जाेड दिए।

‘चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो, मतदाताको अवमूल्यन हो,’ महामन्त्री थापाले भने, 'त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आयाे।' 

प्रकाशित मिति: १५:४३ बजे, शनिबार, वैशाख ८, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्