Kathmandu Press

सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानबिन आयोग भरपर्दो छैन : डा. आरजु राणा

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकी उनले आज काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफलमा उनले सहकारीका पीडितहरुलाई न्याय दिलाउने कामका लागि गठित सरकारी छानबिन समिति भरपर्दो नरहेको आरोप लगाएकी हुन्।
सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानबिन आयोग भरपर्दो छैन : डा. आरजु राणा

काठमाडौं, वैशाख ८ : कांग्रेस नेत्री एवं प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानबिन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकी उनले आज काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफलमा उनले सहकारीका पीडितहरुलाई न्याय दिलाउने कामका लागि गठित सरकारी छानबिन समिति भरपर्दो नरहेको आरोप लगाएकी हुन्।

Hardik ivf

सभापति राणाले सहकारी संस्थाहरुले नागरिकलाई घरबारविहीन बनाएको घटनाबारे पनि उजुरी समितिमा आएको र त्यस्ता खालको गतिविधि हुन नदिने आफूहरूले सम्बन्धित सहकारीलाई निर्देशन दिएको बताइन्। सहकारी संस्थाहरूसँग ठगीमा परेकाकाे रकम असुली गर्ने जनशक्ति नभएको र नेपाल प्रहरीले पनि त्यसमाथिको उजुरी सुनुवाइमा चासो दिने नगरेकाे उनकाे भनाइ थियाे। 

२०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या भित्रिएको भन्दै त्यसको समाधान गर्नुको विकल्प नरहेको उनले बताइन्।

'हुन त रिपोर्ट पढ्दाखेरि २० वटा सहकारी समस्याग्रस्त छन्। त्यसमध्ये अहिले न्युजको हेडलाइनमा आउनेहरू पनि छन्,' उनले भनिन्,  'पहिला ऐनअनुसार बैंक खोलेजस्तै गरेर नियमानुसार कडाइका साथ सहकारी खोलिन्थ्यो। २०७४ सालमा  संशोधन भएर राष्ट्र बैंकले हेर्न नपर्ने भन्ने भएपछि सहकारीम समस्या आएको हो,’ उनले भनिन्

प्रकाशित मिति: १४:४० बजे, शनिबार, वैशाख ८, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्