Kathmandu Press

नेकपा एसलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल

आफू देशका ठूला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न उनले चेतावनी दिए।
नेकपा एसलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट, वैशाख ८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन्।

गृहजिल्ला रौतहटमा रहेका नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने बताए।

Hardik ivf

आफू देशका ठूला हस्ती राजा वीरेन्द्रदेखि  ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न उनले चेतावनी दिए।

गौर नगरपालिका–२ महादेवपट्टिस्थित लालबकैया नदीमा नवनिर्मित मधेश प्रदेशकै सबभन्दा दोश्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्दै अध्यक्ष नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मुल्यमान्याता र महत्त्व रहेकोले हल्कामा नलिन सुझाव दिए।

‘हामी कसैको दास होइनौ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौं। त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता ग¥यो भने उसलाई ठुलो मूल्य चुकाउनुपर्छ,’ नेता नेपालले भने, ‘हाम्रो आफ्नै स्वाभिमान र महत्त्व छ, त्यसैले यो कुरा बुझ्यो भने ठिक छ नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ।’

नेकपा एसले सात प्रदेश मध्ये एउटा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको उनले बताए।  रौतहटमा विगतमा आफूले शिलान्यास गरेका सबै योजनाहरुको काम चाडै द्रुत गतिमा अगाडि बढ्ने नेता नेपालले विश्वास दिलाएका छन् ।

प्रकाशित मिति: १२:११ बजे, शनिबार, वैशाख ८, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्