Kathmandu Press

गण्डकीमा मन्त्रालय बाँडफाँट, हरि चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार

शनिबार मन्त्रालय बाँडफाँट गर्दै मुख्यमन्त्री अधिकारीले बिनाविभागीय मन्त्री हरि चुमानलाई आर्थिक मामिला तथा राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका छन्।
गण्डकीमा मन्त्रालय बाँडफाँट, हरि चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार

कास्की, वैशाख ८ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरेका छन्।

शनिबार मन्त्रालय बाँडफाँट गर्दै मुख्यमन्त्री अधिकारीले बिनाविभागीय मन्त्री हरि चुमानलाई आर्थिक मामिला तथा राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका छन्।

Hardik ivf

मनाङले यसअघि नै पदभार ग्रहण गरिसकेका छन् भने चुमानको आइतबारमात्र पदभार ग्रहण गर्ने बताइएको छछ।

सभामुख कृष्णप्रसाद धिताललाई समेत माओवादी संसदीय दलको सदस्यका हैसियतले दाबी पेस गरेपछि चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसविरुद्ध कांग्रेस सर्वोच्च अदालत गएको छ। सर्वोच्चले फैसला नहुँदासम्म दीर्घकालिन असर पर्ने काम नगर्न गण्डकी सरकारलाई आदेश दिएको छ।

अदालतमा मुद्दा परेपनि अधिकारीले ७ गते विश्वासको मत लिने गरी संसद अधिवेशन आह्वान गरेका थिए। विश्वासको मत प्राप्तसमेत गर्ने अवस्था नरहेको र संसदमा दुई दिन अगाडि सूचनासमेत नपठाएपछि शुक्रबार कांग्रेसको बहिस्कारका बाबजुद अधिवेशन सुरु गरेर अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति: १०:५१ बजे, शनिबार, वैशाख ८, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्