‘धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्न सहयोग हुन्छ’
गोसाइँकुण्ड जानका लागि केबुलकार निर्माणका गर्न सक्दो सहयोग गर्ने उपप्रधानमन्त्री महासेठले जानकारी दिए।-1713541332.jpg)
रसुवा, वैशाख ७ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गल्छी, त्रिशूली, मैलुङ स्याफ्रुबेँसी, रसुवागढी राजमार्ग विस्तार छिटो सम्पन्न हुने बताएका छन्।
गोसाइँकुण्ड गाउँपालिका र लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा संयुुक्तरूपमा आयोजित १२औं ‘रेडपान्डा’ ट्रफी प्रतियोगिता र २९औं वन्यजन्तु सप्ताह कार्यक्रमको समापन कार्यक्रममा उनले धुञ्चे खोदल हुँदै त्रिशूली मैलुङ स्याफ्रुबेँसी मार्ग जोड्ने सडक सुधारमा सहयोग हुने बताए।
गोसाइँकुण्ड जानका लागि केबुलकार निर्माणका गर्न सक्दो सहयोग गर्ने उपप्रधानमन्त्री महासेठले जानकारी दिए।
कार्यक्रममा सांसद् मोहन आचार्यले रसुवाको पूर्वाधार विकासमा थप सहयोग गर्न सरकारसंग आग्रह गरे। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ, तत्कालीन संविधानसभाका सदस्य प्रेम तामाङ, जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, नेकपा एमालेका जिल्ला अध्यक्ष कर्नेल तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङलगायतले पनि बोलेका थिए।












