Kathmandu Press

धरौटी नबुझाएपछि दिपेश पुन जेल चलान

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई रुपन्देही जिल्ला अदालतले शुक्रबार ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तोकिएको धरौटी नबुझाएपछि थुनामा गएका हुन्।
धरौटी नबुझाएपछि दिपेश पुन जेल चलान

काठमाडौं, वैशाख ७ : बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएका दिपेश पुन धरौटी रकम नबुझाएपछि थुनामा गएका छन्।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई रुपन्देही जिल्ला अदालतले शुक्रबार ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तोकिएको धरौटी नबुझाएपछि थुनामा गएका हुन्।

Hardik ivf

न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो। पुनसँगै धरौटी नबुझाएका कारण नवीन अछामी पनि थुनामा गएका छन्।

प्रहरी प्रतिवेदन अनुरुप सरकारी वकीलले सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकील कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। निक्षेपकर्ताको करिब १ अर्ब रुपैयाँ अपचलन गरेको आरोप सुप्रिम सहकारी सञ्चालकविरुद्ध छ।

अदालतले पुनसँगै नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको थियो। पुन र अछामी बाहेक अरू सबै धरौटी बुझाएर रिहा भएका छन्।

प्रकाशित मिति: १८:५३ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्