आगो निभाउने क्रममा स्याङ्जामा जलेर महिलाको मृत्यु
बारीमा कोदोको बिउ राख्नलाई पात–पतिङ्गर जलाउने क्रममा जङ्गलमा आगो सल्किएपछि उक्त आगो निभाउन खोज्दा गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।
स्याङ्जा, वैशाख ७ : स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा आज जलेर मृत्यु भएको छ।
बारीमा कोदोको बिउ राख्नलाई पात–पतिङ्गर जलाउने क्रममा जङ्गलमा आगो सल्किएपछि उक्त आगो निभाउन खोज्दा गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।
गुरुङको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १८:१८ बजे, शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार