Kathmandu Press

पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश

रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले दिपेश पुन, नवीन अछामी, दुर्गा चापागाईं, दीपक न्यौपाने, नीता थापामगर र रोशनी गुरुङलाई धरौटीमा छाड्न आदेश दिइएको छ।
पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश

रुपन्देही, वैशाख ७ : बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले दिपेश पुन, नवीन अछामी, दुर्गा चापागाईं, दीपक न्यौपाने, नीता थापामगर र रोशनी गुरुङलाई धरौटीमा छाड्न आदेश दिइएको छ।

Hardik ivf

यस्तै, अदालतले ओमप्रकाश गुरुङलाई  पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।

पुनलाई चार लाख, अछामीलाई १० लाख, चापागाईंलाई १८ लाख, न्यौपानेलाई चार लाख ४५ हजार र थापामगर र गुरुङलाई दुई÷दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको उनले बताए।

त्यस्तै अदालतले कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश पनि दिएको छ।

सुप्रिम सहकारीबाट झन्डै पौने दुई अर्ब ठगी भएको ठहर गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो। सो प्रकरणमा २८ जनालाई मुख्य अभियुक्त बनाइएको छ।

वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको थियो। यो प्रकरणका मुख्य अरोपी जिबी राई भने फरार छन्।

 

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्