Kathmandu Press

प्रतिनिधि परिषद्को प्रथम बैठकको सबै तयारी पूरा : एमाले

शुक्रबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थीत सनराईज सभाहलमा हुने सम्मेलनको तयारी पूरा भएको जनाएको हो।
प्रतिनिधि परिषद्को प्रथम बैठकको सबै तयारी पूरा : एमाले

काठमाडाैं, वैशाख ७ : नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारी पूरा भएको जनाएको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थीत सनराईज सभाहलमा हुने सम्मेलनको तयारी पूरा भएको जनाएको हो।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्हरु दुई हजार ७३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् बाहेकका ३ सय ८१ जना आयोजक कमिटी सहित २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ। दुई दिनसम्म चल्ने बैठकमा बिभिन्न प्रतिवेदन पेश हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो।

Hardik ivf

प्रथम विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनपछि हुन गइरहेको प्रतिनिधि परिषद्को बैठक बैधानिक हिसावले सवैभन्दा ठूलो औपचारिक फोरम भएको बताए। बैठकमा एमालेका विभिन्न अभियानको समिक्षा हुने र मिसन ८४ को तयारीका लागि बैठकमार्फत सुझाव संकलन गरिने पोखरेलले बताए।

त्यस्तै पोखरेलले लोकतन्त्रलाई संस्थागत गर्ने प्रश्नमा सत्ता र प्रतिपक्ष सबैसँग मिलेर काम गर्न तयार रहेको बताए। उनले अहिलेको अवस्थामा मुलुकलाई सही बाटोमा अघि बढाउन एमालेको ध्यान रहेको धारणा राखे।

प्रतिनिधि परिषद्को बैठकपछि बैंशाख १० गते एमालेले नेकपा स्थापनाको हिरक महोत्सव पनि मनाउने जनाएको छ। उक्त कार्यक्रममा अध्यक्ष केपी ओलीका साथै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगाएतले सम्बोधन गर्ने एमालेले जनाएको छ।

प्रकाशित मिति: १७:१३ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्