Kathmandu Press

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखबाट गरिएका निर्णय गैरसंवैधानिक भएको कांग्रेसकाे ठहर

शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लोपटक गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप आपत्तिजनक र गैर संवैधानिक भएको ठहर रहेको बताए।
गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखबाट गरिएका निर्णय गैरसंवैधानिक भएको कांग्रेसकाे ठहर

काठमाडाैं, वैशाख ७ : नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय गैरसंवैधानिक भएको ठहर गरेको छ।

शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लोपटक गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप आपत्तिजनक र गैर संवैधानिक भएको ठहर रहेको बताए।

Hardik ivf

उनले प्रदेश प्रमुखहरुबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप लगाए।

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारले संविधान र सर्वोच्च अदालतको आदेशको थप उल्लंघन गरेको भन्दै उनले गण्डकी प्रदेश सभामा कांग्रेस सहभागी नहुने स्पष्ट पारे।

सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्ने क्रममा संविधानको धारा १६८ (२) बमोजिम संविधानसम्मत् गरिएको दावीलाई खारेज गरी प्रदेश प्रमुखबाटसरकार आह्वान गर्नु असंवैधानिक कदम भएको उहाले बताउनुभयो। डा महतले संविधानले प्रदेश सरकार गठन गर्ने सन्दर्भमा प्रदेश प्रमुखलाई विशेष अधिकार प्रयोग गर्ने छुट नदिएको जिकिर गरे। उनले सत्ता गठबन्धनको निर्देशनमा प्रदेशमा भएको कामले संघीयताप्रति नै निराशा पैदा हुने काम गरेको बताए। 

उनले सरकार ढाल्न कांग्रेसले कुनै चलखेल नगर्ने भन्दै अहिलेको अप्राकृतिक गठबन्धन छिटै पतन हुने जिकिर गरे। 

प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्