Kathmandu Press

सेनाले भन्याे- काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण ३३ प्रतिशत सम्पन्न

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उक्त आयोजनाबारे जानकारी गराउँदै सेनाले काठमाडौं–निजगढ द्रुतमार्गको काम चैत मसान्तसम्म ३३ प्रतिशत सम्पन्न भएको जनाएको हो।
सेनाले भन्याे- काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण ३३ प्रतिशत सम्पन्न

काठमाडाैं, वैशाख ६ : नेपाली सेनाले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणको करिब ३३ प्रतिशत भौतिक र वित्तीय प्रगति भएको जनाएको छ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उक्त आयोजनाबारे जानकारी गराउँदै सेनाले काठमाडौं–निजगढ द्रुतमार्गको काम चैत मसान्तसम्म ३३ प्रतिशत सम्पन्न भएको जनाएको हो। जसमा हालसम्म ६० अर्ब ४४ करोड रुपैयाँ खर्च भएको प्रधानसेनापति प्रभुराम शर्माले जानकारी दिए।

Hardik ivf

उनले द्रुतमार्ग पर्ने टनेलहरुको काम पनि अन्तिम चरणमा पुगेको बताए। चन्द्रामभीरको सुरुङका लागि ठेक्का लागिसकेको उनले बताए। आयोजनाअन्तर्गत ११ प्याकेजहरूमध्ये १० वटा सम्पन्न भइसकेको पनि उनले जानकारी दिए। प्रधानसेनापति शर्माले रुख कटानका लागि वन मन्त्रालयको सहजीकरणमा ३० हजार भन्दा रुख काटिएको र समितिको निर्देशन अनुसार रुख कटानमा देखिएको समस्या समाधान भएको धारणा राखे।

उनले पूर्वदेखि पश्चिसम्मको चारवटा करिडोर मध्ये कर्णाली करिडोरको काम ८८ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो। बेनिघाट, आरुघाट, लार्के भन्ज्याङ करिडोरको प्रगति ७० प्रतिशत भइसकेको उनले बताए। उनले दार्चुला–टिंकरको काम ६७ दशमवल २ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए।

प्रधानसेनापति शर्माले सेनाले गरिरहेका बिकास निर्माणहरु सहज रुपले अघि बढिरहेको भन्दै निर्देशन गर्नुपर्ने गरी कुनै समस्या नभएको बताए। बैठकमा समिति सदस्यहरुले विभिन्न समस्या समाधान गर्दै समयमा नै आयोजनाहरु सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए। 

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्