दाङमा आगलागीबाट एकको मृत्यु
मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरीले कार्यालयले दाङले जनाएको छ।
दाङ, वैशाख ७ : दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरीले कार्यालयले दाङले जनाएको छ।
बुधबार राति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो। घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थिए। त्यहीबेला आगोले जलेर मृत्यु भएको प्रहरीको भनाइ छ। आगोले वीरबहादुरको घर गोठ तथा उनका भतिजा हुकुमबहादुर बोटेको घर जलेर नष्ट भएको प्रहरीको भनाइ छ।
लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रमा लिइएको जनाइएको छ।
प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार