Kathmandu Press

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई पुर्पक्ष थुनामा राख्न, ६ जनालाई धरौटीमा छाड्न आदेश

जिल्ला अदालत रुपन्देहीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई पुर्पक्ष थुनामा राख्न, ६ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं, वैशाख ७ : जिल्ला अदालत रुपन्देहीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।

न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने पुर्पक्ष थुनामा पठाउने आदेश दिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी प्रकरणमा २८ जनाविरुद्ध मुद्दा दायर गरेकाे थियाे।

Hardik ivf

शुक्रबारकाे थुनछेक बहसमा ७ जना उपस्थित भएकामध्ये गुरुङलाई थुनामा पठाउने र अरु ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको हाे।

अदालतले दीपेशलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग गरेको बताइएकाे छ। अदालतमा अनुपस्थित प्रतिवादीका नाममा भने म्याद जारी गरिएको छ।

सुप्रिम सहकारीमा रकम बचत गर्ने १८३१ जनाले आफूहरुको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए।

प्रकाशित मिति: १५:४५ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्