Kathmandu Press

राष्ट्रपति पौडेलसँग विपीन जोशीका परिवारको भेट

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार जोशीका आमाबाबुसहितको टोलीले राष्ट्रपति पौडेललाई भेटेर वीपीनको सकुशल उद्धार गरिदिन आग्रह गरेका हुन्।  
राष्ट्रपति पौडेलसँग विपीन जोशीका परिवारको भेट

काठमाडौं, वैशाख ७ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा वेपत्ता भएका कञ्चनपुर भीमदत्त नगरपालिकाका वीपीन जोशीको परिवारले छिटो र सकुशल उद्धारका लागि आवश्यक पहल गरेका छन्। 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार जोशीका आमाबाबुसहितको टोलीले राष्ट्रपति पौडेललाई भेटेर वीपीनको सकुशल उद्धार गरिदिन आग्रह गरेका हुन्।  

Hardik ivf

सो अवसरमा राष्ट्रपति पौडेलले यसबारेमा आफू चिन्तित रहेको र उद्धारका लागि आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास दिलाए। 

२०८० असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी दश नेपालीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहिन भएका थिए।
 
प्रकाशित मिति: १४:४४ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्