Kathmandu Press

सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत

मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र थामी रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत

सिन्धुपाल्चोक, वैशाख ७ : त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज बिहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ। मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र थामी रहेको प्रहरीले जनाएको छ।

दोलखाको भीमेश्वर–१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ पिस्करमा बेलुली लिन हिँडेको बा४ख  ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी–५ स्थित तौथलीनजिकै आज बिहान सात बजेको आसपासमा दुर्घटनामा परेको थियो। मृतक तीनै जनाको शव पोष्टमर्टमका लागि दोलखास्थित जिल्ला अस्पताल लगिएको छ। 

Hardik ivf

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईका अनुसार बसमा ५५ जना सवार थिए। दुर्घटनामा घाइते ५२ जनामध्ये सात जनाको अवस्था गम्भीर छ। 

बस सडकबाट करिब एक सय ५० मिटर तल खोँचमा खसेको थियो। स्थानीय र प्रहरीले घाइतेलाई उद्वार गरी धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल पुर्‍याएका थिए।

प्रकाशित मिति: १४:३६ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्