Kathmandu Press

शमी साहित्य साधना सम्मान घोषणा

प्रतिष्ठानले तीन वर्षदेखि विभिन्न साधकलाई उक्त पुरस्कार प्रदान गर्दै आएको हो।
शमी साहित्य साधना सम्मान घोषणा
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ७ : शमी साहित्य प्रतिष्ठानले ‘शमी साहित्य साधना सम्मान’ बाट विभिन्न साधकलाई प्रत्येक वर्ष रु एक लाख एक हजार एक सय एक राशिको पुरस्कारसहित सम्मान प्रदान गर्दै आएको छ। प्रतिष्ठानले तीन वर्षदेखि विभिन्न साधकलाई उक्त पुरस्कार प्रदान गर्दै आएको हो।

प्रतिष्ठानले संयुक्तरुपमा २०७८ का लागि कृष्ण गौतम र राप्रउ पोखरेल, २०७९ का  लागि ज्ञान उदास र रामबाबु घिमिरे तथा २०८० का लागि प्रेमविनोद नन्दन र कृष्णप्रसाद दाहाललाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षता र संरक्षक डोलिन्द्रप्रसाद शर्माको उपस्थितिमा सम्पन्न बैठकले सिफारिस समितिको सिफारिसका आधारमा प्रतिभा चयन गरेको जनाएको छ।

प्रतिष्ठानले २०६७ देखि वरिष्ठ र ओझेलमा परेका साधकलाई उक्त सम्मान दिँदै आएकामा प्राविधिक कारण गत वर्षमा वितरण हुन नसकेको जनाएको छ। तीनै वर्षका लागि साधक सिफारिस गर्न प्रा डा कृष्णहरि बरालको संयोजकत्वमा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ र डा नवराज लम्साल रहेको चयन समिति गठन गरिएको थियो।
      
प्रतिष्ठानले कक्षा १२ मा लैङ्गिक समता विषयमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई रु २० हजार राशिको समता लैङ्गिक अध्ययन पुरस्कार पनि प्रदान गर्दै आएको छ। पछिल्ला तीन वर्षका लागि क्रमशः आशा अधिकारी, मनिता गुरुङ र राजु जिसीलाई सो पुरस्कार प्रदान गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको वार्षिक नजिताअनुसार उहाँहरुलाई पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ। 

प्रकाशित मिति: १३:२५ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्