Kathmandu Press

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको  बा ४ ख ५६१६ नम्बरको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको हो । दुर्घटनामा ३२ जना घाइते भएका छन् । 
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ७ : सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको  बा ४ ख ५६१६ नम्बरको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको हो । दुर्घटनामा ३२ जना घाइते भएका छन् । 

गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएको छ। दुलहासहित अन्य घाइतेलाई वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको छ ।मृत्यु हुनेमा अन्दाजी ७०, ५० र २० वर्षका पुरुष रहेको रहेका छन् ।

अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

प्रकाशित मिति: ०८:५४ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्