पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध
पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा सेवनमा निषेध गरेको हो ।ताप्लेजुङ, वैशाख ७ : ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।
पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा सेवनमा निषेध गरेको हो । तीर्थयात्रीको सुरक्षा र स्वास्थ्यलाई दृष्टिगत गरी मदिरा निषेध गरिएको जनाइएको छ ।
पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन, ओसारपसार र बिक्री पूर्ण रूपमा निषेध गरिएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षसँग समितिले आग्रह पनि गरेको छ ।
प्रकाशित मिति: ०८:३९ बजे, शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्पा तथा वेलनेस सेवामा जनशक्ति अभावबिहीबार, वैशाख २०, २०८१
‘सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ’बिहीबार, वैशाख २०, २०८१
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्युबिहीबार, वैशाख २०, २०८१
सुनको मूल्य तोलामा २ हजारले वृद्धिबिहीबार, वैशाख २०, २०८१