एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका नेपालले यूएईसँग खेल्दै
खेल ओमानको अल अमिरातमा बिहान पौने १२ बजे शुरु हुनेछ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् । नेपाल साविकको विजेता टोली पनि हो ।
काठमाडौं, वैशाख ७ : एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ ।
खेल ओमानको अल अमिरातमा बिहान पौने १२ बजे शुरु हुनेछ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् । नेपाल साविकको विजेता टोली पनि हो ।
यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । आजको खेलमा विजेता टोली फाइनलमा पुग्नेछन् । तेस्रो स्थानको खेल भोलि र फाइनल खेल आइतवार हुनेछ ।
यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।
प्रकाशित मिति: ०८:२२ बजे, शुक्रबार, वैशाख ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(7)-1765197040.jpg)