Kathmandu Press

मधेशमा ११औं पटक मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्री थपिए

मधेश सरकारमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेली मन्त्री बनेका छन् भने नेकपा एमालेकी शारदा थापा राज्यमन्त्री बनेकी छ्नि्।
मधेशमा ११औं पटक मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्री थपिए
Hardik ivfHardik ivf

धनुषा, वैशाख ६ : मधेश प्रदेश सरकार ११औं पटक विस्तार भएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवले १५ महिने कार्यकालमा तीन मन्त्री र एक राज्यमन्त्री थप्दै ११औं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

मधेश सरकारमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेली मन्त्री बनेका छन् भने नेकपा एमालेकी शारदा थापा राज्यमन्त्री बनेकी छ्नि्।

साहलाई विनाविभागीयमन्त्री बनाइएको छ भने भट्टराईलाई उद्योग वाणिज्य तथा पर्यटन र लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै, थापा गृह तथा सञ्चार राज्यमन्त्री बनेकी छिन्।

माओवादीले उद्योग तथा पर्यटनमन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई फिर्ता बोलाएर उक्त मन्त्रालयको जिम्मेवारी भट्टराईलाई दिइएको छ। त्यसैगरी, सर्लाही १९२० बाट निर्वाचित लुगेंली पनि अहिले विनाविभागीयमन्त्रीको रूपमा शपथ लिएकी हुन्। नेकपा एसका एक सांसदले लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको बताए।

चारै जनाले बिहीबार प्रदेशप्रमुख सुमित्रादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन्।

केन्द्रमा हुने सत्तागठबन्धन फेरबदलका कारण मधेश प्रदेशमा पनि पटक–पटक सत्तासमीकरण फेरिँदै आएको छ।

प्रकाशित मिति: २१:०५ बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्