Kathmandu Press

‘सुदूरपश्चिमको विषयले गठबन्धनमा केही फरक पर्दैन’

केन्द्रमा सत्ता समीकरणका कारण प्रदेश सरकारहरु भत्कने र बन्ने क्रम देखिइरहेको भए पनि प्रदेश सरकारका कारण केन्द्रमा केही असर नपर्ने दाबी लामिछानेले गरे।
‘सुदूरपश्चिमको विषयले गठबन्धनमा केही फरक पर्दैन’

काठमाडौं, वैशाख ६ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको विवाद सामान्य भएको भन्दै यसले गठबन्धनमा केही फरक नपर्ने बताएका छन्।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री लामिछानेबीच भेटवार्ता भएको थियो। उक्त भेटपछि सञ्चारकर्मीसँग लामिछानेले वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल भएको उल्लेख गर्दै गठबन्धनभित्र कुनै समस्या रहेको बताए।

Hardik ivf

‘त्यस्तो केही छैन, एउटा समझदारीमा गइसकेको कुरामा कहिलेकाँही भनौं न पात्रहरुका विषयलाई लिएर र प्रदेशमा उहाँभन्दा अर्को मान्छे राम्रो हो कि भन्ने विषयमा भएका छलफलहरु हुन्,’ उनले भने, ‘त्यहाँ रास्वपाको सहभागीता नरहेका कारणले यो विषयमा मेरो धेरै मत त रहेन।’

केन्द्रमा सत्ता समीकरणका कारण प्रदेश सरकारहरु भत्कने र बन्ने क्रम देखिइरहेको भए पनि प्रदेश सरकारका कारण केन्द्रमा केही असर नपर्ने दाबी लामिछानेले गरे।

सत्ता गठबन्धनमा रहेको दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको थियो।

उक्त भेटका विषयमा दुवैले वैकल्पिक गठबन्धन बनाउने सहमति गरेको भन्दै चर्चा भएपछि प्रधानमन्त्री दाहाल र ओली छलफलमा छन्। त्यस लगत्तै एमालेले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीका लागि समर्थन गरेको थियो । 

प्रकाशित मिति: १९:४० बजे, बिहीबार, वैशाख ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्